यतिबेला विश्वभरका चलचित्र कर्मीको लागी एक प्रकारको उत्सब चलिरहेको छ । यसको कारण हो विश्वकै ठुलो र सम्मानजनक फिल्म फेस्टिभल 'क्यान्स'को आयोजना भैरहनु । फ्रान्समा आयोजना भैरहेको फेस्टिभलमा विश्व भरबाट छानिएका उत्कृष्ट कलाकर्मी र चलचित्र सहभागी भैरहेका छन् । यसैबिच नेपाललाई प्रतिनिधित्व गर्ने अवसर आजसम्म कुनै कलाकरले पाएको थिएन तर यो सौभाग््य पाएकी छिन् अहिलेकी लोकप्रिय र व्यस्त नायिका प्रियंका कार्किले । कान्सको छनौट समितिले प्रियंकालाई गत अप्रिलमै निम्ता गरेको प्रियंकाले बताएकी छिन् । आफु नेपाललाई प्रतिनिधित्व गरेर कान्ससम्म पुग्न सक्नु निकै ठुलो र जिम्बेवारिको कुरा भएको समेत आशय व्यक्त गरेकी छिन् । पछिल्लो समय दर्शकले रुचाएका र आफुलाई कलाकारिता मै व्यस्त राखेकी यि नायिका '२० मे' मा कास्नको रेड कार्पेटमा प्रस्तुत हुने छिन् ।