यो शुक्रबार देश ब्यापी रुपमा दुइ चलचित्र रिलिज भए । प्रतिक्षारत यि दुइ चलचित्र हुन् 'जात्रै जात्रा' र 'बिर विक्रम २' सफल चलचित्रका सिक्वेल दुबै चलचित्रमा अहिलेका प्रतिष्पर्धामा रहेका नायिकाहरु वर्षा राउत र वर्षा सिवाकोटी मुख्य भूमिकामा छन् । यसैबिच चलचित्र 'जात्रै जात्रा'ले आक्रमक ब्यपारको सुरुवात गरेको छ । रिलिजको पहिलो दिन चलचित्रले ६०/७० को अकुपेन्सी पाएको थियो भने दोश्रो दिन सनिबार सबै हलहरुमा शतप्रतिशत अकुपेन्सी हात पारेको छ ।

प्रीमियरमा नै राम्रो प्रतिकृया पाएको 'जात्रै जात्रा'को 'वर्ड अफ माउथ' बलियो भएका कारण पनि फिल्म हेर्ने दर्शकको ठूलो भीड हलमा ओर्लिएको हो । सिंगल र मल्टीप्लेक्स दुबैमा राम्रो सोज पाएको छ भने दर्शकको चाप सिङ्गल थिएटरमा भन्दा मल्टिप्लेक्समा बढी रहेको छ । मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई शुक्रवार १९ सोज बाँडेको थियो । अधिकांश सोज हाउसफुल भएका थिए । शनिवार जय नेपालमा एक सोज बढाएर २० सोज पुर्‍याएको छ । शनिवार पनि कुनै सोजका सिट खाली भएका छैनन् । 
 

सनिबार हाउसफुल 'जात्रै जात्रा', कलाकार हल पुग्दा यस्तो माहोल

दर्शकको प्रतिकृया बुझ्न चलचित्र टिम सनिबार गोपिकृष्ण हल पुग्दा दर्शकले चलचित्रको खुलेर प्रशंसा गरेको निर्देशक प्रदिप भट्टराई बताउँछन् ।‘जात्रै जात्रा’ को राजधानीको मात्र रिपोर्ट राम्रो छैन । मोफसलमा सञ्चालित मल्टीप्लेक्स स्क्रिन र सिंगल थिएटर जताततै फिल्म हाउसफुल रहेको वितरकले जानकारी दिएका छन् ।

सनिबार हाउसफुल 'जात्रै जात्रा', कलाकार हल पुग्दा यस्तो माहोल

‘जात्रै जात्रा’ मा विपिन र वर्षाका साथमा दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय छ । ‘जात्रा’ जहाँ अन्त्य भएको थियो सिक्वेल त्यहींबाट सुरु भएको छ । सामान्य कथाबस्तुलाई समातेर निर्माण गरिएको भए पनि दर्शकलाई बाँध्न सक्ने प्रस्तुती कलाकार र निर्देशकले दिएका छन् । 

सनिबार हाउसफुल 'जात्रै जात्रा', कलाकार हल पुग्दा यस्तो माहोल