यतिबेला चलचित्र हलहरुमा भिन्नै किसिमको रौनक देखिन्छ । शुक्रबारबाट प्रदर्शनमा आएका दुइ चलचित्र 'जात्रै जात्रा' र ' बिर विक्रम २'को व्यापारिक घम्साघम्सि परिरहेको छ । यसैबिच आफ्नो चलचित्र हेरेपछी दर्शकले कस्तो प्रतिकृया देलान् भन्ने हुटहुटिले चलचित्रका कलाकार र निर्माण पक्ष हलहलमा दौडधुप गरिरहेको छ । 

चलचित्र 'बिर विक्रम २' का कलाकार र निर्देशकको टोली शुक्रवारदेखि नै राजधानीका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरिरहेको छ । प्रदर्शनको पहिलो दिन अपेक्षाकृत व्यापार गर्न नसके पनि दोस्रो दिन सनिबार रेसको गती बढाएको छ । शनिवार चलचित्र देशैभर हाउसफुलका साथ प्रदर्शन भइरहेको रिपोर्ट विक्रेताले दिएका छन् । मल्टीप्लेक्स स्क्रिनभन्दा सिंगल थिएटरमा व्यापार राम्रो छ गरेको छ भने चलचित्र हेरेका दर्शकले वर्षा, नाजिर र पलको अभिनयको प्रशंसा गरेका छन् । समग्र रुपमा चलचित्र राम्रो बनेको प्रतिकृया दिएका छन् ।

'बिर बिक्रम २' टिम हल पुग्दा पल, नाजिर र बर्षाको देखियो क्रेज 'बिर बिक्रम २' टिम हल पुग्दा पल, नाजिर र बर्षाको देखियो क्रेज

निर्देशक मिलन चाम्स कुराकानीको क्रममा आफ्नो चलचित्रलाई कम सोज दिइएको भन्ने आक्रोश समेत ब्यक्त गरेका छन् । हजारौँ दर्शकसँग साक्षात्कार गर्दै टिमले दर्शकले आफ्नो मिहिनेत लाई मन पराएकोमा खुशी व्यक्त गर्दै हौसला मिलेको भनेका छन् । दुइ जना साथीको मित्रतालाई कथा बस्तु बनाइएको यस चलचित्र सफल चलचित्र 'बिर विक्रम' को सिक्वेल हो ।

'बिर बिक्रम २' टिम हल पुग्दा पल, नाजिर र बर्षाको देखियो क्रेज 'बिर बिक्रम २' टिम हल पुग्दा पल, नाजिर र बर्षाको देखियो क्रेज