चलचित्र ‘जय भोले’को निर्माण टिमले निर्माण गर्ने लागेको 'रातो टिका निधारमा'को आधिकारिक घोषणा भएको छ । आगामी दशैँलाई रिलिज मिती तोकिने भनिएको चलचित्रलाई शोक शर्माले निर्देशन गर्ने छन् भने निर्देशकका छोरा अंकित शर्माले यसै चलचित्रबाट डेब्यु गर्दै छन् । चलचित्र टिमले आइतबार आयोजित घोषणा कार्यक्रम अलि फरक किसिमको रहेको थियो । कुमारी हलको पर्दामा सम्पूर्ण परिवारलाई फोटोसहित सार्वजनिक गरियो भने, अंकितले पर्दा हुँदै प्रेसमिटमा इन्ट्री गरे । चलचित्रमा उनि साम्राज्ञी राज्यलक्ष्मी शाहसँग देखिने छन् ।

बन्ने भयो 'रातो टिका निधारमा', साम्राज्ञी को जोडी अंकित शर्मा

यसैगरी चलचित्रमा निता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ खुश्बु खड्का,  बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा  लगायत कलाकारको उपस्थिती रहनेछ । कार्यक्रममको सुरुवात रातो टिका लगाएर सुरु गरिएको थियो । ए .ए ग्रुप अफ कम्पनीजबाट निर्माण हुने चलचित्रमा किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा रहनेछन ।  शम्भुजित बाँस्कोटा, कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स रहनेछ भने, गायनमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारी रहनेछन ।