निर्देशक शुभेच्छा थापाको चलचित्र ‘लक्ष्मी रानी’को छायाँकन सम्पन्न भएको छ । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’को छायाँकन नेपाल–भारत सिमाना दार्चुलामा गरिएको बताइएको छ ।  बिशुद्ध सामाजिक कथामा आधारित चलचित्रले ग्रामिण क्षेत्र र शहरी क्षेत्रका महिलाहरुले जिवन बिताउन भोगेका अलग अलग सघर्षको ब्यथा र धर्म सस्कृतिको कथा बोकेको निर्देशक थापाले बताइन् । चलचित्रमा शुभेच्छा सहित धिरेन शाक्य, मिथिला शर्मा, विनोद त्रिपाठी, जयकिशन बस्नेत लगायत भोजपुरी कलाकार परदेशी साह, श्याम राई, पल्पसा डंगोलको अभिनय रहेको छ ।  चलचित्र आगामी ०७६ सालको तिहारमा प्रदर्शनमा ल्याउने तयारी भैरहेको छ । निर्देशक थापाले यस अघि आधा दर्जन चलचित्रमा सहायक निर्देशकको भूमिका निभाइसकेकी छिन् ।