चलचित्र ‘पोइ पर्यो काले’ को सोमवार राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले चलचित्रको साइत गरेका थिए । शिशिर राणाको निर्देशनमा निर्माण हुने चलचित्रको जेठ १३ गतेबाट छायांकन सुरु हुने छ भने आउँदो कात्तिक ८ गते दिपावलीको अवसर पारेर प्रदर्शनमा ल्याइने छ । पूजा शर्मा र अभिनेता सौगात मल्लले श्रीमान्-श्रीमतीको भूमिका निभाउँदैछन् भने उनिहरुलाई साथ दिने छन् आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामालगायत कलाकारहरुले ।
चलचित्र निर्माण पक्षका अनुसार सौगातकै वरिपरि चलचित्रकोको कथा घुम्नेछ । चलचित्रको कथा बस्तु बलियो भएकै कारण आफु यस चलचित्रमा अनुबन्धित भएको कलाकारहरु बताउँछन् यसैगरी निर्देशक राणाका अनुसार कथावस्तुमा फिट हुने भएकै कारण सौगातलाई टाइटल क्यारेक्टरमा छनोट गरिएको हो ।
अन्तिम समयमा अभिनेत्री सुरक्षाको पन्त पनि टिममा प्रवेश भएको छ । यसमा उनि सोहितको जोडिको रुपमा देखिनेछिन् । चलचित्रलाई दिपक मनाङ्गे र अ.देवि राईले निर्माण गर्ने छन् भने कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार छन् । यस चलचित्रमा कलाकारहरु अनुबन्धित हुन थालेदेखी नै पारिश्रमिकको कुरामा चर्चा परिचर्चा हुँदै आएको छ । नायिका पुजा शर्माले २० लाख पारिश्रमिक लिएपछी उक्त हलचल सुरु भएको हो ।