शुक्रबारदेखी प्रदर्शनमा आएको चलचित्र 'जात्रै जात्रा'ले बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ । चलचित्र 'बिर विक्रम २' सँग प्रतिष्पर्धामा उत्रीएको 'जात्रै जात्रा'ले समिक्ष्यकको पनि मन जितेको छ । ओर्ड अफ माउथ राम्रो भएको ले पनि चलचित्रको लागी फाइदा पुगेको छ । यसैबिच चलचित्र हेर्नको लागी अहिलेका चर्चामा रहेका कलाकारदेखी अभियन्ता हलमा पुगिरहेका छन् । स्वास्थमा समस्या आएर उपचार गराइरहेकी अभिनेत्री स्वेता खड्का सोमबार चलचित्र हेर्न हलसम्म नै पुगेकी थिइन् । कमजोर स्वास्थ स्थितिमा पनि पुरै चलचित्र हेरेर हलबाट निस्किएकी स्वेताले चलचित्रले आफुलाई पुर्ण मनोरन्जन दिएको कुरा बताएकी छिन् । भोकल रेस्टका बाबजुत चलचित्र हेर्दा आफु खुलेर हाँसेको बताइन् ।
यसैगरी चलचित्र हेर्न टिकटक हुँदै अभिनयमा प्रवेश गरेका ट्विनी गर्ल पनि चलचित्र हेर्न पुगेका थिए । उनिहरुलाई पनि चलचित्र मन परेको प्रतिकृया दिएका छन् । चलचित्रको केहि सिनमा आफुहरु रोएको र सबैले हेर्नै पर्ने चलचित्र बनेको बताएका छन् । निर्देशक प्रदिप भट्टराईसँग चलचित्र 'शत्रु गते'मा काम गरिसकेका मह जोडिले पनि चलचित्र उत्कृष्ट बनेको प्रतिकृया दिएका छन् ।