गएको हप्ताको शुक्रबार दुइ नेपाली चलचित्र एक साथ प्रदर्शनमा आएका थिए । प्रतिक्षित दुबै चलचित्रले राम्रो प्रतिकृयाका साथ व्यापार गरिरहेका छन् । यसैबिच मिलन चाम्स निर्देशित चलचित्र 'बिर विक्रम २ ' हेर्न एक पछी अर्को गर्दै कलाकारहरु चलचित्र हेर्न हलमा पुगिरहेका छन् । यसै क्रममा सोमबार अभिनेत्री रिमा विश्वकर्मा चलचित्र हेर्न पुगेकी थिइन् । चलचित्र हेरिसकेपछी पत्रकारसँग कुरा गर्दै रिमाले चलचित्र समग्रमा एउटा राम्रो प्याकेज बनेको बताइन् भने कलाकारको मिहिनेत र कथाले मागेको गहिराइ मिलेको आषय व्यक्त गरिन् । पछिल्लो समय बनेका चलचित्रमा चलचित्रले देखाउन खोजेको भाव दर्शकसामु उहि अनुरुप नपुग्ने समस्या रही आए पनि बिर विक्रममा भने आफुले त्यो अनुभव नगरेको बताएकी छिन् ।

साथै सबै कलाकारले आफ्नो भूमिकालाई न्याय गरेको पनि थपिन् । चलचित्र हेर्न पुगेका अभिनेता जितु नेपालाले पनि चलचित्र राम्रो भएको बताए र निर्देशकले तारिफयोग्य काम गरेको खोले । 
चलचित्रमा वर्षा सिवाकोटी , पल शाह, नाजिर हुसेन, बुध्दी तामाङ लगायत कलाकारको अभिनरी रहेको छ ।