२०१० मा मनोज पण्डितले निर्देशन गरेको चलचित्र 'दासढुङ्गा' को दोश्रो भाग 'दासढुङ्गा च्याप्टर २' बन्ने भएको छ ।  नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’का तात्कालिन महासचिव मदन भण्डारीको मृत्युमा आधारित यस चलचित्रको लेखन र निर्देशन भने कुमार भट्टराईले गर्नेछन् । सोमबार आयिजित एक कार्यक्रममा चलचित्रको थिम पोस्टर पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा चलचित्र बारे बोल्दै निर्माता अपिल विष्टले दासढुंगा काण्ड पछि त्यसको प्रत्यक्ष असर परेका क्षेत्रको कथालाई चलचित्रले उठाउने  छ जसको लागि अनुसन्धान भैरहेको छ । चलचित्रले ‘दासढुंगा’ हत्या हो कि दुर्घटना हो ? भन्ने प्रश्नको समेत चिरफार पनि गर्ने विष्टले बताए । चलचित्रको लागी कास्ट एण्ड क्रु फाइनल नभए पनि 'दासढुङ्गा' पहिलो भागका केहि कलाकार भने दोहोरिने बताइएको छ । 
 

अपिल विष्ट फिल्मसको प्रस्तुति रहने चलचित्रसँग अस सिनेमा र म्याजिक माउन्टेन मुभिजले सहकार्य गरेका छन् । कुशल पाण्डे निर्माता रहने चलचित्रमा दीपक ओली र प्रकाश केसीले कार्यकारी निर्माताको भूमिका निर्वाह गर्नेछन् । यसैगरी चलचित्रका सह-निर्मातामा प्रदीप आचार्य रहेका छन् ।