चलचित्र गाजलुबाट डेव्यु गरेकी मिस नेपाल श्रृष्टि श्रेष्ठ अभिनित चलचित्र लाउरेको यतिबेला छायाँकन भइरहेको छ । सुनिल रावलको निर्माण रहेको चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरिरहेका छन् । यसै चलचित्रको छायाँकन भइरहन्दा केहि दिन अघि श्रृष्टिका केहि तस्विरहरु सार्वजानिक भएका थिए । जसमा श्रृष्टिलाई विन्दास केटिको रुपमा देखाइएको छ ।

चुरोट तानिरहेको अवस्थामा कैद भएका उक्त तस्विर दरवारमार्ग स्थित डेजुवा बारामा हो । चलचित्र लाउरेमा श्रृष्टिको साथमा गायक नरेन लिम्बुको भूमिका रहेको छ । सुनिल रावल निर्मित चलचित्र सायद २ यहि असार ३० गतेबाट प्रदर्शन हुदै छ ।