हाल फ्रान्सको पेरिसमा भइरहेको ७२ औँ संस्करण ‘कान्स फिल्म फेस्टिभल’मा विश्वभरका चर्चित सेलिब्रेटीहरु सहभागी भइरहेका छन् । उक्त फेस्टिभलमा पहिलो पटक नेपाललाई प्रतिनिधि गर्दै अभिनेत्री प्रियङ्का कार्की सहभागी भएकी छिन् ।
प्रियङ्का आइतबार कान्समा सहभागी हुन फ्रान्स उडेकी थिइन् भने सोमबार बेलुकी आयोजना भएको एक कार्यक्रममा सहभागी भएकी छिन् । भिल्ला अक्सिनमा आयोजित भएको ‘वल्र्ड पिस नाइट’ कार्यक्रममा प्रियङ्का सहभागी भएकी थिइन् । ज्याक्सन फाउन्डेसनले आयोजना गरेको यो कार्यक्रममा ‘इजिप्टकी महारानी’ पनि उपस्थित उनले बताइन् । त्यस्तै उनले उक्त कार्यक्रममा रोर्वट डाउन्नी जिआर (आइरन म्यान)लाई समेत भेटेकी थिइन् । प्रियङ्का आज आयोजना हुने रेड कार्पेटमा प्रस्तुत हुदैछिन् । उक्त रेड कार्पेटमा उनले डिजाइनर सिवाङ्गीको पहिरन लगाउदैछिन् ।