गत शुक्रबार देखी प्रदर्शनमा आएको चलचित्र 'जात्रै जात्रा'ले दर्शकको राम्रो साथ पाइरहेको छ र साथमा व्यवसायिक सफलता पनि हात पारिरहेको छ । राम्रो चलचित्र बनाएमा नेपाली चलचित्रलाई माया गर्ने दर्शको खाँचो नहुने यस चलचित्रले प्रमाणित गरेको छ । यसै बिच नेपालामा प्रदर्शन भैएरहेको बेला चलचित्र अस्ट्रेलियामा पनि प्रदर्शन गरिएको छ । मंगलबार व्रिजवेनमा भएको सबै शोहरु हाउसफुल हुन थालेपछि २० जना दर्शकले भूइ र सानो कुर्सीमा बसेर हेरेका हुन् । हाउसफुल भइसकेपछि आएका दर्शकहरुले जसरी पनि सिनेमा हेर्नुपर्ने माग गरेपछि आयोजकले हल प्रशासनसंग अनुमति लिएर केही कुर्सी थप गरेको हो । थप कुर्सीमा बसेकाहरुलाई न्युन शुल्क लिएकाे आयाेजकले जनाएकाे छ । सिड्नी र तासमानियामा पनि शोहरु हाउसफुल भएका छन् र सोज सङ्ख्या पनि बढाइएको छ । एडिलेडमा दर्शकको चापलाई व्यवस्थापन गर्न पहिलो पटक एकचोटी तीन वटा हलमा जात्रैजात्रा प्रशर्दन हुने भएको छ । पर्थ, मेलवर्न र क्यानवेरामा पनि टिकट बिक्रीको चाप उत्तिकै बढेको बताइएको छ ।
प्रर्दशनको सुरुवातदेखि नै आक्रामक व्यापार गरेको जात्रैजात्रालाई अष्ट्रेलियामा हो र होइन होला इभेन्टले ल्याएको हो । जसका लागि इभेन्टले ३० लाख रुपैया भन्दा बढी रकम तिरेको बताइएको छ । यसैबिच चलचित्रका मुख्य कलाकार बिपिन र वर्षा पनि अस्ट्रेलिया पुग्ने बताइएको छ । आफ्नो व्यक्तिगत कामको लागी अस्ट्रेलिया जान लागेका भए पनि उनिहरुले दर्शकसँगै बसेर चलचित्र हेर्ने छन् ।