७२ औँ कान्स फिल्म फेस्टिभलामा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै नायिका प्रियंका कार्की कान्सको रेड कार्पेटमा प्रस्तुत भएकी छिन् । संसारभरीका उत्कृष्ट कलाकारको सम्मानजनक उपस्थिती हुने गरेको कान्समा नेपालले आफ्नो प्रतीनिधी पठाउन पाउनु ठुलो अवसर मानिएको छ । नेपालको पहिलो एम्बेसडर चुनिएकी प्रियंकाले आफ्नो दोश्रो दिनको अवतार इन्स्टाग्राममा राखेकी थिइन् ।
रातो गाउनमा सजिएकी उनको पहिरन र मेकओभरले निकै खुलाएको थियो । प्रियंकाले पहिलो दिनमा लगाएको ड्रेस र उनले रोजेको डिजाइनर बारे यत्रतत्र आलोचना भैरहेको छ । कान्स जस्तो ठुलो प्ल्याटफर्ममा पुग्दा पनि प्रियंकाले आफ्नो स्ट्यान्डर्ड कायम गर्न नसकेको गुनासो उनका प्रशंसकले गरेका छन् । दोस्रो दिनको अटायारमा खुलेकी प्रियंकाले सादा मेकओभर चुनेकी थिइन् ।