असार १३ गतेबाट रिलिजको तयारी गरिरहेको चलचित्र 'आप्पा' ले प्रचारप्रसारको लागी नयाँ कन्सेप्ट ल्याएको छ । 'आप्पा स्टोरी च्यालेन्ज' नाम दिएर  फोटो स्टोरी च्यालेन्ज आयोजना गरेको हो । च्यालेन्जमा भाग लिन चाहनेले आफ्नो बुवासँगको फोटो वा बुवाको मात्र फोटोमा क्याप्सन दिँदै 'आप्पा' (बुवा)लाई भन्न मन लागेको कुरा लेख्नु पर्ने जानकारी दिइएको छ । त्यस्तै भिडियो स्टोरी मार्फत सहभागिता जनाउन चाहनेले पनि फोटो च्यालेन्जमा जस्तै बुवा (आप्पा)सँगको भिडियो अपलोड गरेर 'आप्पा'लाई भन्न मन लागेको कुरा प्रष्फुटन गर्नुपर्नेछ । पोस्टलाई ‘आप्पा नेपाली मुभी’को फेसबुक वा इन्स्टाग्रामको अफिसियल पेजमा ट्याग गर्नुपर्नेछ । च्यालेन्जमा सहभागी मध्ये फोटोस्टोरीको विजेताले २५ हजार नगर र चलचित्रको प्रिमियरको २ वटा टिकट प्राप्त गर्नेछन् । त्यस्तै भिडियोस्टोरी बिजेताले ५० हजार नगर र प्रिमियरको २ वटा टिकट प्राप्त गर्नेछन् । 
 

अनमोल गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राईको साथमा सिद्धार्थराज तामाङ्, तुलसी घिमिरे, अरुणा कार्की, अल्लोना कबो लेप्चा लगायतका कलाकारको अभिनय रहेको छ । माउन्टेन स्टोरिज र सिनेमा आर्टको व्यानरमा चलचित्र निर्माण भएको हो।