चलचित्र ‘कीर्तिपुर : द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ ले रिलिज मिती सार्वजनिक गरेको छ । यही असार १३ गते देशव्यापी रुपमा चलचित्र प्रदर्शनमा आउने चलचित्र निर्माण पक्षले जानकारी दिएको छ । प्रदीप खड्गीले निर्देशन गरेको चलचित्रमा 'रानी कीर्तिलक्ष्मी'को सौर्य र साहसको कथा प्रस्तुत गरिएको छ । पृथ्वीनारायण शाहले उपत्यका जित्नुअघिको कथालाई ‘कीर्तिपुर : द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ प्रस्तुत गरिएको बताइएको छ । बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा फिल्म आधारित रहेको भनिएको चलचित्र बिशुद्ध नारी प्रधान चलचित्र भएको र तत्कालिन समयको प्ररिवेशलाई चलचित्रमा सामाबेश गर्न खोजिएको छ । वीरेन्द्र ताम्राकार, प्रेम खड्गी र अनन्त श्रेष्ठको लगानी रहेको चलचित्रमा यशराज गाराच, मदनदास श्रेष्ठ, लक्ष्मी गिरी, हिसिला महर्जन, विनोद श्रेष्ठ, सुरविर पण्डितलगायत कलाकार मुख्य भूमिकामा छन् ।