कात्तिक आर्यन र साराअली खान यतिबेला चलचित्र ‘लभ आजकल’को छायांकनमा ब्यस्त छन् । यस चलचित्रमा काम गरेसँगै कात्तिक र साराको प्रेम सम्बन्धको चर्चा चलिरहेको छ । यस विषयमा दुबैले कुनै प्रतिकृया भने दिएका छैनन् । यसबिच आर्यन र सारा एउटै कारमा सावार भैरहेको फोटो सार्वजनिक भएको छ । भारतिय मिडियाका अनुसार सारा र कात्तिकले क्यामेरा देख्ने वित्तिकै अनुहार लुकाएका थिए । साराले अनुहार छोप्दा कात्तिक हाँसेका छन् । केहि मिडियाले चलचित्रको प्रमोशनका लागि यी दुइले प्रेमको नाटक सुरु गरेको टिप्पणी पनि गरेका छन् । एकातिर कात्तिक र बलिउड नायिका अनन्या पाण्डेविच प्रेमको चर्चा चलिरहेको छ भने सार्वजनिक भएको र चलचित्रको छायांकन सकेर एकसाथ घर जाँदै गर्दा मिडियाको क्यामेरामा कैद भएका हुन् । यो फोटो भाइरल भएपछि चलचित्र ‘लभ आजकल’का निर्देशक इम्तियाज अलीले दुइलाई एकसाथ बाहिर नदेखिन भनेका छन् ।