अनुप बिक्रम शाही स्टारर चलचित्र ‘कप्स’को पोष्टर रिलिज भएको छ । जेट १७ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको अफिसियल पोस्टरमा मुख्य कलाकार अनुप विक्रम शाही, सन्दीपा लिम्बु, अनुपमा भण्डारी, अमित गिरीलगायतका कलाकारलाई समेटिएका छन् । चलचित्रले नेपाल प्रहरी, पोलिटिक्स, पत्रकार र पब्लीकको कथा भन्ने चलचित्रका डेब्यु निर्देशक सम्राट सापकोटाले बताएका छन् । अनुपले यस चलचित्रमा एक इमान्दार प्रहरी अफिसरको भूमिका निभाएका छन् । ‘कप्स’मा अनुपविक्रम र संन्दीपाका अलवा अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । ‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को संयुक्त व्यानरमा निर्माण भएको सिनेमालाई राम शाक्यले निर्माण गरेका हुन् ।