आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्र 'छ माया छपक्कै' को छायाङ्कन सुरु भएको छ ।  दिपेन्द्र लामाले निर्देशन गर्ने चलचित्रलाई  रोहित अधिकारीले निर्माण गर्ने छन् ।  

सुरु भयो 'छ माया छपक्कै' को छायाङ्कन

दिपकराज गिरी,केदार घिमिरे, केकी अधिकारी, दीपा श्री निरौला र जितु नेपाललगायत कलाकार फाइनल भएको र चलचित्रले ४० वर्ष उमेर अन्तर भएका जोडिको कथा बोकेको यस चलचित्र आउँदो दशैँमा प्रदर्शनमा आउने जानकारी दिइएको छ । निर्माता अधिकारीले फेसबुकमा स्ट्याटस पोस्ट गर्दै फिल्म फ्लोरमा गएको जानकारी गराएका थिए ।