यही असार १६ गतेबाट देशव्यापी रूपमा चलचित्र ‘कारखाना’ प्रदर्शनमा आउदैँ छ ।‘कारखाना’ प्रमोसनको लागी यति बेला चलचित्रका मुख्य पात्र नायिका बर्षा सिवाकोटी र नायक सुुशिल श्रेष्ठलाई भ्याई नभ्याई छ । दुवै भन्छन् ‘यही बेला त हो नि आफूले गरेको कामलाई सबै माझ पुर्‍याउने । यो बेला दौडदुप गरेको पनि रमाइलो लाग्दो रहेछ ।’  

नायिका बर्षाले चलचित्र ’नाई नभन्नू ल’, ’पशुपति प्रसाद’, ’लप्पन छप्पन’, ’सुब्बा साब’ मा काम गरिसकेकी छिन् । उनले गरेको केही चलचित्र व्यपारिक हिसाबले सफल भएता पनि बर्षा भने आफूलाई नायिकाको रूपमा सफल बनाउन अझै सघर्ष गर्दै छिन्  । भन्छिन् ‘कारखानको कथा राम्रो छ । बिशेषत मेरो भूमिका नै बलियो छ । एउटा अभिनेत्री भएपछि यस्तो चलचित्र, यस्तो भूमिकामा गर्न पाए हुन्थ्यो भन्ने हुन्छ । त्यो सबै मैले यो चलचित्रमा गर्न पाएको छु । मेरो अभिनयलाई रुचाउनु हुन्छ भन्नेमा पुरा विश्वत छु । यो चलचित्रबाट मेरो करियरले केही राहत पाउछ होला ’ । यस्तै ‘होस्टेल रिटन्र्स’बाट डेव्यु गरेका नायक सुशील श्रेष्ठ पनि यसै चलचित्रबाट आफ्नो करियर उकालो लाग्नेमा आशावादी रहेको बताउछन् । 


चलचित्रको प्रमोसनक्रममा रहेका यी दुई प्रेम सम्बन्धमा रहेको भन्दै विभिन्न गसिपहरु बजार तातिरहन्छ । बर्षा भन्छिन् ‘उ (सुशील) मेरो मिल्ने साथी हो । केही हद सम्म एक अर्कासँग हाम्रो बानी पनि मिल्छ । ’ सुशील थप्छन् ‘सायद सँगै हामी हिडिरहेका भएर पनि होला हाम्रो सम्बन्धको बारेमा गसिप बनेको तर हामी मिल्ने साथी मात्र हौँ ।’