राजबहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्र ‘मन्द मन्द’मा कसिस दाहाल र नवीन रेग्मी प्रमुख भूमिकामा देखिने भएका छन् ।  केही समय अघि नै कलाकारहरुमा बिनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र झा अनुबन्धित भैसकेका र मुख्य भूमिकाको लागी कलाकार छनौट प्रकृया भैरहेको थियो ।  अन्नत कसिस र नवीनले मुख्य कलाकारको जिम्बेवारी पाएका छन् । बैशाख तेश्रो सातादेखि सुटिङ सुरु भएको सस्पेन्स सोसियल ड्रामामा जुम्लाका बिभिन्न स्थानलाई पृष्ठभुमी बनाएर खिचिरहेको निर्माण पक्षले बताएको छ ।  टेकराज रेग्मी र कमल गिरी निर्माता रहेको चलचित्र रुद्राक्ष फिल्मस्को ब्यानरमा बनेको हो भने रुद्र खनाल कार्यकारी निर्माता रहेका छन् । चलचित्रलाई निर्देशक आफैले लेखेका हुन् भने दिब्यराज सुबेदीले छयाङ्कन गरेका छन् ।