हाँस्य टेलिशृङ्खला 'भद्रगोल'का मुख्य कलाकारलाई फिचर्ड गरिएको गीत 'क्याल्कुलेटर' को भिडियो सार्वजनिक भएको छ । शंकर थापा 'स्माइल' र बिजयता अधिकारीको आवाज रहेको गीत डि.बि खनालले लेखेका हुन् । मनोरन्जनात्मक यस गीतमा माया प्रेमका कुरालाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । भिडियोमा सागर लम्साल, हरिस निरौला, शिक्षा संग्रौला, कमलामणी नेपाल, मधुसुधन पाठक र गम्भिर विष्टले अभिनय गरेका छन् । गीतको भिडियोमा नृत्य निर्देशन गम्भिर विष्टले गरेका हुन् । माया प्रेम भन्ने कुरा यसै पनि रसिलो, रमाइलो हुन्छ त्यस माथी पनि हाँस्यव्यङ्ग र रमाइलोले झन् विषेश बनाउँछ । यसरी प्रस्तुत गीतमा पनि बुझ्नेको लागी माया सबै कुरा हो तर नबुझ्नेको लागी साधारण जोड घटाउ गर्ने क्याल्कुलेटर जती मात्र हो भन्ने भाव मिसिएको छ ।