झरना थापा निर्देशित चलचित्र 'ए मेरो हजुर ३'ले नेपाली बक्स अफिसमा बम्पर सफलता हात पारिसकेको छ । डेब्यु नायिकाको रुपमा भित्रीएकी नायिका/निर्देशक झरना थापाकी छोरी सुहाना थापाले नायक अनमोल केसीसँग स्क्रीन सेयर गरेकी थिइन्, यो जोडिलाई दर्शकले निकै नै रुचाए र सुहानालाई डेब्यु चलचित्रले नै सम्भावना बोकेकी नायिकाको रुपमा चिनायो । यही सफल चलचित्रकी निर्देशकका साथमा  नायिका यतिबेला चलचित्रको विदेश प्रदर्शनको लागी युरोप, अमेरिका लगायत देशको यात्रामा छन् । शुक्रबार एयारपोर्टमा भेटिएका यि आमा छोरी उर्फ निर्देशक नायिकाका अनुसार युरोपमा चलचित्रले १२ सोज आयोजना गरेको छ र सबै सोजहरु बुकिङ भैसकेको छ । 
 

चलचित्रका निर्माता सुहानाका बाबु अर्थात झरनाका पति सुनिल कुमार थापाले आफ्नो चलचित्रले ९ देखी १० करोड ग्रस कमाइ गरेको बताएका छन् । यसका साथै सुहानाले युरोपको यात्रा सकेर अमेरिका पुगेपछी आफ्नो बाँकी रहेको पढाइ सक्काएर मात्र नेपाल फर्किने छिन् । करिब एक वर्षको पढाइ पछी उनि नेपाल फर्केर फेरी चलचित्रमा निरन्तरता दिने बताउँछिन् ।