२०१७मा प्रदर्शनमा आएको चलचित्र 'दुइ रुपैँया' युट्युबमा सार्वजनिक भएको छ । कमेडी/एक्सन जरामा निर्माण भएको चलचित्रलाई असिम शाहले निर्देशन गरेका हुन् भने निश्चल बस्नेतले निर्माण गरेका हुन् । चलचित्रले दर्शकको मन जित्न सफल हुनुका साथै चलचित्रमा समावेश गीतहरु अत्यन्तै रुचाइएको छ ।यसका साथै युट्युबमा नेपाली गीतले पाएको भ्युअर्सको रेकर्ड समेत तोडेको छ । चलचित्र 'दुइ रुपैँया'लाई शुक्रबार हाइलाईट्स नेपालले युट्युबमार्फत सार्वजनिक गरेको हो । चलचित्र सार्वजनिक भएको ५ घण्टामै झण्डै दुइ लाखले हेरिसकेका छन् । दर्शकले चलचित्रलाई मन पराइरहेको कुरा आएको सकारात्मक प्रतिकृयाले पुष्टी गर्छ । यध्यपी चलचित्रलाई केहि महिना अघि नै आइफ्लिक्समार्फत सार्वजनिक गरिसकिएको थियो । दुइ रुपैँयामा निश्चल बस्नेत, असिफ शाह, बुद्धी तामाङ, रबिन्द्र झा, राजन इशान, मेनुका प्रधानलगायत कलाकारको अभिनय रहेको छ । असिफ शाह र आशिश रेग्मिले लेखेको चलचित्रलाई निश्चल बस्नेत, असिफ शाहले निर्माण गरेका हुन् ।