अघिल्लो शुक्रबारबाट प्रदर्शनमा आएको 'चलचित्र जात्रै जात्रा'ले दोश्रो हप्तामा आइपुग्दा पनि राम्रो व्यापार गरिरहेको छ । सनिबार चलचित्र ले काठमाण्डौ लगायत शहरका हलहरुमा दर्शकको चाप राम्रो महशुस गरिरहेको छ । वर्ड अफ माउथ राम्रो कमाएको यस चलचित्रले कमाइ र दर्शकको साथ एउटै रेसियोमा पाइरहेको छ । पारिवारिक कथा, मनोरन्जनको खुराक अनि सस्पेन्स सबैको मिश्रण भएका कारण पनि सबै उमेर समुहका दर्शक हलसम्म पुग्न सकेका हुन् ।
सनिबार दर्शकसँग साक्षात्कार गर्न चलचित्रको टोली पोखरा पुगेको छ । पोखरामा पनि सबै हलमा दर्शकको राम्रो उपस्थिती रहेको र चलचित्र हेरिसकेका दर्शकले राम्रो प्रतिकृया दिएको बताइएको छ । पोखरामा नायिका वर्षा राउत, रबिन्द्र झा लगायत युनिट पुग्दा दर्शकले भव्य स्वागत गरेका थिए भने दर्शकको भिडले उनिहरु घेरिएका थिए ।
चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् भने वर्षा राउत, रबिन्द्र झा, बिपिन कार्की लगायतको अभिनय रहेको छ ।