चलचित्र 'रातो टिका निधारमा 'को औपचारिक छायांकन सुरु भएको छ । आउँदो दशैंमा प्रदर्शनमा आउने भनिएको चलचित्रको शिर्ष गीत बाट शुक्रबारबाट छायांकन सुरु गरिएको हो । साम्राज्ञी आरएल शाह र नव-अभिनेता अंकित शर्माको अभिनय रहनेछ भने शिर्ष गीतमा पनि उनिहरुनै फिचर्ड छन् । निर्देशक अशोक शर्माको वर्षौँ पहिलेको चलचित्र ‘अल्लारे’ मा समावेश ‘रातो टिका निधारमा’ बोलको गीत लाई रिमेक गरी नयाँ चलचित्र 'रातो टिका निधारमा’मा समाबेश गरिने निर्देशकले बताएका छन् । निर्देशक तथा निर्माता शर्माले गीतको छायांकनका लागि तयार गरिएको सेट र कलाकारहरुको लुक्स पनि सार्वजनिक गरेका छन् ।

.साम्राज्ञी र अंकितको 'रातो टिका निधारमा' को औपचारिक छायांकन सुरु

तस्बिरमा अंकित र साम्राज्ञीलाई टिपिकल नेपाली पहिरनमा देख्न सकिन्छ । भने, निधारमा रातो टिका र कपालमा जमरा लगाएका छन् । निर्देशक शर्माका छोरा अंकितले यही चलचित्रबाट डेब्यू गर्न लागेका हुन् । यसमा अभिनेत्री साम्राज्ञीले गाउँ केटीको भूमिका निभाउँदैछिन् । 
चलचित्रको गीतमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत रहेको छ । बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन छ भने गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् ।