जेठ १७ अर्थात आगामी शुक्रबार प्रदर्शनमा आउन लागेको चलचित्र 'काउसो'ले यतिबेला प्रचारप्रसारलाई तिब्रता दिएको छ । यसैक्रममा शुक्रबार काउसोले पत्रकार भेटघाट एबम् अन्तर्कृया कार्यक्रम आयोजना गरेको थियो । एक्सन हिरोको रुपमा चिनिएका सविन श्रेष्ठको अभिनय रहेको चलचित्र पुर्ण रुपमा कमेडी चलचित्र रहेको निर्देशक  मदन घिमिरेले कार्यक्रममा जानकारी दिए । निर्देशक घिमिरे, मुख्य अभिनेता सविन श्रेष्ठ, अर्जुन गरुङ, संगीतकार विकास चौधरी लगायतको उपस्थीती रहेको कार्यक्रममा चलचित्र निर्माण गर्दाका चुनौती, रिलिजको क्रममा आइपर्ने झमेला तथा लगानी सुरक्षित नहुने स्थितीको बारे अन्तर्कृया भयो ।

नायक सविनले धेरै पछि आफुले राम्रो चलचित्रमा काम गरेकाले पनि ‘काउसो’बाट आफुले दर्शकको राम्रो साथ पाउने विश्वास व्यक्त गरे ।अर्नभ फिल्मस प्रोडक्सन प्रा.लिको प्रस्तुतिमा बनेको चलचित्रमा अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र अधिकारी, नविन आचार्य लगायतका कलाकारहरुकोे अभिनय छ । यसैगरी  निर्माता सिताराम तिमल्सिना ज्याक र भगवान खत्री रहेका छन् । निर्देशक घिमिरेको कथा रहेको चलचित्रको पटकथा तथा संवाद भोजराज देवकोटाले लेखेका हुन् ।