शनिबार राजधानीमा आयोजना गरिएको 'जिनियस म्युजिक अवार्ड'मा पल-आँचलले उत्कृष्ट मोडलको अवार्ड हात पारेका छन् । दर्शकले अत्यन्तै मन पराएको यो जोडी अन्स्क्रीनमा सफल जोडी मानिन्छ । एकसाथ चलचित्र र थुप्रै म्युजिक भिडियोमा काम गरिसकेका यो जोडिलाई रियल लाईफ जोडी बनेको हेर्न चाहाने दर्शकको जमात पनि ठुलो रहेको छ ।
जिनियस म्युजिक अवार्डमा भने यो जोडिले गीत 'जे पनि हुन सक्छ मायामा'बाट उत्कृष्ट जोडिको उपाधी पाएका हुन् । एक अर्कासँग खुशी यो जोडिले आफ्नो जोडिलाई दर्शकले यती धेरै माया गरिदिदा र हरेक पटक सकारत्मक प्रतिकृया दिँदा मन फुरुङ हुने बताउँछन् । कुराकानीमा आँचल भन्छिन्, आफुहरुको बिवाहको झुटो खबर फैलाउने हरुप्रती कहिल्यै नकारात्मक कमेन्ट गर्दिनँ किनकी उनिहरु त्यसैमा खुशी भैरहेको देख्छु र निराश बनाउन मन लाग्दैन ।