चलचित्र ‘झट्का’को पहिलो गीत युट्युबमा रिलिज भएको छ । जेठ  ३१ गतेको लागी रिलिज मिती तय गरेको चलचित्रको रिलिज भएको 'फेसबुक गीत, माया बस्यो रेडिमेड’मा मनिष रेश र सहिमा श्रेष्ठको आवाज रहेको छ यसैगरी दिनेश सुवेदीको शब्द रहेको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत छ । गीतको भिडियोमा सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ । भिडियोमा कलाकार सुरविर पण्डित (दाह्री बा)लाई फरक अवतारमा देखाइएको छ भने उनलाई साथ दिएका छन्  श्यामलाल श्रेष्ठ र मनिता श्रेष्ठले । सुरबिरको यस अवतारले उनको चलचित्रमा पनि फरक भूमिका रहेको अनुमान लगाउन सकिन्छ ।

चलचित्रलाई रमेश बिसुङ्खेले निर्देशन गरेका हुन्न भने कथा पनि उनकै रहेको छ । निर्देशक रमेशका अनुसार चलचित्रले काठमाडौंको रात्री जीवनको कथा बोकेको छ ।  तुलसीलाल नेवाले निर्माण गरेको चलचित्रमा  सुरविर पण्डित लगायत श्याम लाल श्रेष्ठ, रक्षा गुरागाइँ, ईश्वर गुरुङ, मनिता श्रेष्ठ, उमेश बिसुङ्खे, हिक्मत कुवँर, प्रदिप काफ्लेको अभिनय रहेको छ ।