किरण भुजेलको नयाँ गीत 'रेलैमा'को भिडियो सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक भएको भिडियोमा चर्चित डान्सिङ क्र्यु भीमफेदी गाइज र एलिसा शर्मा फिचर्ड छन् । गीतमा डिपी खनालको शब्द, भिम बिसीको सङ्गीत र रिकेश गुरुङको एरेन्जमेन्ट रहेको छ । गीतको गायनमा किरणलाई नितातर थापा मगरले साथ दिएकी छिन् । 'रेलैमा'को भिडियोमा पवन सुस्लिंगको सिनेमाटोग्राफी एबम सम्पादन र निर्मल लामाको निर्देशन रहेको छ । गीत पुर्ण रुपमा डान्सिङ प्याकेज रहेको छ भने आफुले माया गरेको मान्छेलाई रेल मा घुमाउन लाने भाव व्यक्त गरिएको छ ।