विश्व किर्तिमान राख्न बिभिन्न कलाकारहरुले विश्वालाई चकित पार्ने आफ्नो खुबी प्रस्तुत गर्ने गर्छन् । नेपालबाट पनि बिभिन्न बिधामा विश्व किर्तिमाम राखिसकेका छन् । यसै क्रमलाई निरन्तरता दिँदै चन्द्रागिरी नगरपालिका वडा नं. ६ बस्ने रुबिशा श्रेष्ठ  र एलिशा श्रेष्ठले ४० घण्टाको नृत्य सुरु गरेका छन् । जेठ ११ शनिबारबाट सुरु भएको नृत्यमा श्रेष्ठ दिदी बहिनिले लगातार नृत्य प्रस्तुत गरेर युएसका कलाकारले राखेको २८ घण्टा ३० मिनेटको रेकर्ड तोड्ने दौडमा लागेका छन् । पुर्व खेलकुद मन्त्री राजन कुमार केसीले कार्यक्रमको उद्घाटन गर्दै जोखिमपुर्ण काम गर्न लागेको भन्दै दुई दिदी बहिनीलाई सफलताको शुभकामना दिए । यसअघि नृत्य बिधामै नेपालीचेली बन्दना नेपालले  १ सय २६ घण्टा लगातार नाचेर बिश्वकिर्तिमानी राखेकी थिइन् । बन्दनाको एकल नृत्य थियो भने रुबिशा र एलिशाले रेकर्ड राख्न खोजेको बिधा युगल नृत्यको बिधा हो ।