चलचित्र 'दुइ रुँपैया' युट्युबमा रिलिज भएको दुइ दिनमा नै ट्रेन्डिङको नम्बर दुइमा पर्न सफल भएको छ । गत शुक्रबार अपलोड गरिएको चलचित्रलाई १८ लाख बढिले हेरिसकेका छन् । दुइ वर्ष अघि निर्माण भएको यस चलचित्रमा असिम शाहको निर्देशन रहेको छ भने निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामांग र मेनुका प्रधानको मुख्य भूमिका छ ।

चलचित्रले दर्शकको मन जितिरहेको प्राप्त कमेन्टबाट बुझ्न सकिन्छ । असिफ शाह र आशिश रेग्मिले लेखेको चलचित्रलाई निश्चल बस्नेत, असिफ शाहले निर्माण गरेका हुन् ।