गायक हिमाल सागरको गीत 'ए माया' को भिडियो सार्वजनिक भएको छ । आइतबार दि डिभाइन म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा पल शाह र वर्षा राउत फिचर्ड छन् । दिपक प्रसाद ओलीको शब्द रचना रहेको गीतलाई सङ्गीत अर्जुन पोख्रेलले दिएका हुन् । धेरै चोटी देखे पनि बोलचाल नभएको मान्छेलाई मन पराउँदा, माया गर्दा हुने छट्पटिलाई गीतले समेटेको छ । माया प्रेमको भावले भरिएको गीतको भिडियो आकर्षक बनेको छ भने पल र वर्षा अभिनयमा खुलेका छन् । नायिका वर्षा तथा पल दुबैले मेनस्ट्रीम चलचित्रमा राम्रो स्थान बनाइसकेका भए पनि दर्शकले उनिहरुलाई म्युजिक भिडियोहरुमा अझै पनि रुचाइरहेका छन् ।