आफ्नो पहिचानको विषयमा आजसम्म केहि नबोलेका बलिउडका निर्माता, निर्देशका तथा पब्लिक फिगर करण जोहरले भर्खरै आफ्नो ४७औँ जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा चलेका बलिउड कलाकारदेखी चलचित्रकर्मी सबै जसोले उनलाई शुभकामना दिन छुटाएनन् । यसै क्रममा उनलाई जन्मदिनमा दिइएको एउटा शुभकामनाले अहिले बलिउड तातिरहेको छ । यसरी मिडिया र बलिउडमा तरङ्ग ल्याउने शुभकामना दिने अरु कोही नभएर करण लगायत बलिउड कलाकारका डिजाइनर प्रवल गुरुङ हुन् । नेपाली मुलका प्रवलले करणलाई शुभकामना दिने क्रममा एउटा तस्बिर सार्वजनिक गर्दै उनले प्रेम गरेपछी किन डराउनु भन्ने आषयको क्याप्सन राखेका थिए ।
यसै विषयलाई लिएर करण र प्रवल एक अर्काको प्रेम सम्बन्धमा छन् भन्ने अड्कल बाजी चलिरहेको छ । आफ्नो पहिचान नखुलाएकै कारण यस अघि करणको नाम अन्य ब्यक्तिसँग पनि नजोडिएको भने होइन । प्रबलको यो अभिव्यक्तिलाई करणले सामान्य प्रतिकृया दिएका छन् । उनले पोस्टमा कमेन्ट गर्दै आफुलाई सम्हाल दाई भनेका छन् ।