आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्र 'छ माया छपक्कै'मा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छन् । यसअघि नै मुख्य भूमिकाको लागी नायिका केकी अधिकारी अनुबन्धित भैसकेको भए पनि चलचित्र रणविरबाट नेपाली चलचित्रमा डेब्यु गरेकी सुपुष्पालाई छ माया छपक्कै टिममा प्रवेश गराइएको हो । चालचित्रको जेष्ठ ९ गतेबाट छायाँकन सुरु भैसकेको भए पनि केहीदिनमा सुपुष्पा पनि सेटमा पुग्ने बताइएको छ । रणविरबाट सम्भावना भएकी कलाकारको रुपमा चिनिएकी सुपुष्पालाई पछिल्लो समय एक पछी अर्को चलचित्रबाट अफर आइरहेको बताएकी छिन् । यसैगरी रोज राणाले निर्माण गर्न लागेको सुपरहिट सिनेमा ‘खलनायक’को सिक्वेलमा पनि सुपुष्पा पक्का भैसकेको चर्चा चलचित्र वृतमा चलिरहेको छ ।
चलचित्र 'छ माया छपक्कै'लाई दीपेन्द्र लामाले निर्देशन गरिरहेका छन् । दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, प्रकाश घिमिरे, रमा थपलिया लगायत कलाकारको अभिनय रहनेछ । चलचित्रमा ४० वर्ष उमेर अन्तराल भएका प्रेमीको प्रेम कथामा रहनेछ । कविराज गहतराजको कोरियोग्राफी रहेको सिनेमालाई विपिन मल्लले सम्पादन गर्नेछन् । निर्देशक लामाको कथा रहेको सिनेमाको पटकथा दीपकराज गिरीले तयार पारेका हुन् । जितु नेपाल र केदार केदार घिमिरे सिनेमाका कार्यकारी निर्माता हुन् । यसैगरी चलचित्रको छायाँकन हरि हुमागाइँले छायाँकन गरिरहेका छन् ।