महेन्द्र राज बरालको नयाँ गीत “नभए सहारा“ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाल आइडलका प्रतिष्पर्थी बरालको यस गीतमा भिम राज सापकोटाको रचना र सुजन चापागाईंको संगीत रहेको छ । यसैगरी सार्वजनिक भिडियोमा अन्जली अधिकारी, एरिया एस बस्नेत र गायक महेन्द्र राज बराल स्वयं फिचर्ड छन् ।गीत “बोल माया“ मा अभिनय गरेर दर्शकको मन जितेकी अन्जली र बरालको जोडी यस म्युजिक भिडियोमा सुहाएको छ । अमृत सुनुवारले निर्देशन गरेको भिडियो आवेश बज्राचार्यले खिचेका हुन् यसैगरी माधब बेल्बासे भिडियो सम्पादन गरेका हुन् ।
गीतमा आफुले माया गरेको मान्छेले आफ्नै मुटुलाई धोका दिएपछी कुनै साहाराको खाँचो नपर्ने र उहि आफुले गरेको प्रेमको नाममा जिवन काट्ने साहास गर्ने भाव रहेको छ । महेन्द्रको सुमधुर आवाजले गीत मुटुसम्म स्पर्ष गर्न सक्ने बनेको छ ।