चलचित्र 'सानो मन'को यतिबेला थाईल्यान्डमा छायाङ्कन भइरहेको छ । शिर्ष गीत सहित केही दृष्यको गर्न थाइल्यान्ड पुगेको चलचित्र टिममा चलचित्रका मुख्य अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के रहेका छन् । पतायाको समुन्द्री किनारमा गीतको केहि दृश्यहरु छायांकन गरिएको र बैंककमा केहि दृश्य छायांकन हुने निर्माता राजेन्द्र मानन्धरले बताएका छन् । छायाङ्कन स्थलबाट चलचित्रका केहि तस्बिरहरु प्राप्त भएका छन् जसमा आयुष्मान र शुष्मा रोमान्टिक मुडमा देखिएका छन् ।
थाइल्यान्डमा छायाङ्कन भैरहेको गीतमा रोहितजोन क्षत्रीको स्वर रहेको छ भने स्वप्निल शर्माको शब्द तथा सुयोग सोताङको संगीत रहेको छ । गीतलाई निर्देशक सुयोग गुरुङले नै कोरियोग्राफी गरिरहेका छन् । सोमबारदेखि बैंककका विभिन्न रमणीय स्थानहरुमा बाँकी छायाङ्कन सुरु गरिएको र गीतको बाँकी छायाङ्कन पछि चलचित्र्का थप दृष्यहरु छायांकन गरेर टोली १५ जेठमा काठमाडौं फर्कने बताइएको छ । ओपिजी फिल्मस्, ए प्लस इन्टरटेन्मेण्ट र हाईटेक इन्टरटेन्मेण्टको ब्यानरमा बनेको यो चलच्त्रका निर्माताहरुमा राजेन्द्र मानन्धर, योगेश गुरुङ, राजिब श्रेष्ठ र रमेश कुमार मित्तल रहेका छन् ।