जेठ १७ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘कुम्भ करण’ले प्रचारप्रसारको क्रमलाई तिब्रता दिएको छ । यसै क्रममा आइतबार, मैतिदेवीस्थित फुटसल ग्राउन्डमा ‘कुम्भ करण’ टिम, रंग पत्रकार र होस्टेल बस्ने विद्यार्थी बिच फुटसल आयोजना भएको थियो । ‘कुम्भ करण’ र मिडिया ‘टिम ए’बीच भएको खेलमा मिडिया ‘टिम ए’ले जीत हासिल गरेर दोस्रो स्थान बनायो र ‘कुम्भ करण’ टिम तेस्रो बन्यो भने मिडिया ‘टिम ए’ र ‘कुभ्भ करण’ टिमलाई हराउँदै होस्टेल विद्याथीहरुले प्रथम स्थान हासिल गरे । रंग पत्रकारको दुई वटा समुह थियो जसमा मिडिया ‘टिम बि’ भने दुई खेल हारेर आउट भएको थियो ।
दिपक वलीको निर्देशन रहेको चलचित्र ‘कुम्भ करण’मा शिक्षक र शिक्षिका बिचको प्रेम सम्बन्धलाई देखाइएको छ । चलचित्रमा भोला राज सापकोटा, निशा अधिकारी, गौरव पहारी, अभय बराल, प्रमोद आग्रहरी, आकश पल लगायत कलाकारको अभिनय रहेको छ ।