नयाँ शक्ति पार्टीमा प्रवेश गरेपछी अभिनेत्री करिश्मा मानन्धरले धेरै किसिमको आलोचना खेप्नु परेको थियो । यसै आलोचनालाई पाठको रुपमा लिएर उनले स्कुल समेत जान थालिन् र यती बेला उनले एसइइ पनि दिइसकिन् । आफ्नो जिवनमा चलचित्रबाट कमाएको सफलताले नपुगेर भन्ने वा समाजमा नयाँ तरिकाबाट पहिचान बनाउने उद्देश्यले हो उनि अनुहारमा छुट्टै किसिमको तेज लिएर नयाँ शक्ती पार्टीमा आवद्ध भएकी थिइन् । तर उनको अनुहारको आभालाई राजनितिले धेरै समय टिक्न दिएन । नयाँ शक्ति पार्टीको विकास र विस्तारका लागि नायिका मानन्धर गाउँगाउँ सम्म पुगेकी नेपालको राजनीति एकदमै बुझ्न नसकिने रहेको भन्दै आफूलाई एकदमै गाह्रो भएको बताएकी छिन् । राजनीतिमा पोजिसन विना आइडिया शेयर गर्न नसकिने र पदका लागि हुने द्वन्द्व आफ्ना लागि नसुहाउने आषय व्यक्त गरेकी छिन् । नेपालको राजनीति एकदमै बुझ्न नसकिने रहेको भन्दै आफूलाई एकदमै गाह्रो भएको बताएकी छिन् । उनले राजनीतिमा पोजिसन विना आइडिया शेयर गर्न पनि नसकिने भन्दै पदका लागि हुने द्वन्द्व आफ्ना लागि नसुहाउने रहेछ समेत भनेकी छिन् । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएपछि करिश्मा मौन बसेकी थिइन् । उनले अब राजनीतिलाई नयाँ चिराबाट अगाडि बढाउन चाहेको कुरा बताएकी छिन् । अब कसैको बाँसुरी बजाएर नहिड्ने समेत बताएकी छिन् र पदको लोभमा नलाग्दा कसैको नराम्रो कामको विरोध गर्न पनि गाह्रो नहुने करिश्माको तर्क छ । उनको यो तर्कले उनि नयाँ शक्ति पार्टीमा पार्टीमा नरहने अनौपचारिक घोषणा गरेको छ ।