नौँ वर्ष अघि निर्माण भएको चलचित्र 'दासढुङ्गा'को भाग २ निर्माण हुने भएको छ । 'दासढुङ्गा च्याप्टर २' नाममा बन्ने नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’का तात्कालिन महासचिव मदन भण्डारीको मृत्युमा आधारित यस चलचित्रको लेखन र निर्देशन भने कुमार भट्टराईले गर्नेछन् । पृक्वेलका केहि कलाकार दोहोरिने भनिएको भए पनि कोको दोहोरिने र नयाँ कलाकारमा ककसलाई लिने टुङ्गो भने लागेको छैन । यसै बिच चलचित्र निर्माण पक्षले चलचित्रका केहि महत्वपुर्ण जनशाक्तिको माग गरेको छ । अनुसन्धनात्मक चलचित्र भएका कारण पनि चलचित्रको लागी टिमले राजनितीसँग विशेष दख्कल राख्ने जनसक्ती माग गरेको छ । यसका साथै चलचित्रको लागी सहायक निर्देशक ,आर्ट डिरेक्टर, साउन्ड डिजाइनर तथा अन्य टेक्निकल सहयोगी, थिएटर ब्याग्राउण्ड भएका कलाकार तथा बाल कलाकारको माग गरेको हो । दासढुंगा काण्ड पछि त्यसको प्रत्यक्ष असर परेका क्षेत्रको कथालाई चलचित्रले उठाउने छ जसको लागि अनुसन्धान भैरहेको निर्माण पक्षले बताएको छ ।