सुष्मा राईको स्वर तथा शब्द रहेको गीत 'सुन माया'को भिडियो सार्वजनिक भएको छ । कल्याण सिंहको कम्पोजिसन रहेको गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा रुकमान लिम्बु र गायिका स्वयं फिचर्ड छन् । ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत नेपाली लोकलय पुर्वेली साकेलाबाट प्रभावित रहेको छ भने गीतमा प्रेमको भाव व्यक्त गरिएको छ । माया नबुझ्ने प्रेमीलाई माया देखाउने र बुझाउने कोसिस, साथी भाइबिचको रमाइलो र बैँसको चुलबुलेपन लाई रमाइलो तरिकाले भिडियोमा प्रस्तुत गरिएको छ ।