नेपालमा बिग बोसको संस्करण “बिग बोस नेपाल” सञ्चालन गर्न रोक लगाउदै आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीको नाममा सूचना जारी गरेको छ । एंडेमोल शाइन इन्डियाले आईम्याक्स प्रोडक्सन वा सुत्र मोड्लिङ तथा आर्ट क्रेसन प्रा .लि . र आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीसँग सहकार्यको खबरलाई नकारेको छ । 'बिग बोस' तथा 'बिग ब्रदर'को कपीराईट एंडेमोल शाइन ग्रुपसँग रहेको र आईम्याक्स प्रोडक्सन वा सुत्र मोड्लिङ तथा आर्ट क्रेसन प्रा .लि.लाई लाइसेन्स् प्रदान नगरेको दावी गर्दै एंडेमोल शाइन इन्डियाले आईम्याक्स प्रोडक्सनलाई क्षमायाचना माग्न र बिग बोस वा बिग ब्रदरका ढाँचा बारे कुनै कथन नबनाउन समेत चेतावनी दिएको हो ।
नेपाली बजारमा अर्जुन नरसिंह केसीले आफूहरु बिग बोसको लाइसेन्स् होल्डर रहेको अफवाह फैलाउँदै आएको कुरा एंडेमोल शाइन इन्डिया तथा एंडेमोल शाइन ग्रुपले पत्ता लगाएको छ । एंडेमोल शाइनले अर्जुन नरसिंह केसीले आफु बिग बोसको लाइसेन्स् होल्डर रहेको पुष्टी गर्न त्यसको फम्र्याटमा बनाएको छुट्टा कागजातहरु हात पारेको छ । उक्त झुटो कागजातहरुमा एंडेमोल शाइन ग्रुपको सटिफिकेट, एंडेमोल शाइन ग्रुपको सटिफिकेट र सुत्र मोड्लिङ तथा आर्ट क्रेसन प्रा.लि बीचको फ्रयान्चाइज सम्झौता रहेको छ । अर्जुन नरसिंह केसीले एंडेमोल शाइन ग्रुपको सीईओ तथा एंडेमोल शाइन ग्रुपका अन्तर्राष्ट्रिय बिजनेस तर्फको सीईओको नक्कली हस्ताक्षर गरेको समेत बताइएको छ ।
एंडेमोल शाइन इन्डिया टिभी, फिल्म तथा डिजिटल कन्टेनका लागि भारतको एक उत्कृष्ट कन्टेन प्रोडक्सन कम्पनी हो जसले ग्रुप पोटफोलियोमा स्क्रिप्टेड तथा नन–स्क्रिप्टेड जनराहरु– डिजिटल, गेमिङ, ब्राण्ड, लाइसेन्सिङ तथा बितरण रहेका छन् । गत वर्ष एंडेमोल शाइन ग्रुपले ८०० वटा उत्पादनहरु निर्माण गरेको थियो जुन विश्वभर ७९ देशका २८७ वटा च्यानलहरुबाट प्रसारण भएको थियो । एंडेमोल शाइन ग्रुपले 'बिग बोस नेपाल'का लागी बनाइएको उक्त कागजातहरु झुटो भएको ठहर गरेको र कुनै व्यक्ति, फर्म वा कम्पनी एंडेमोल शाइनको फम्र्याट वा ट्रेडमार्कको प्रयोग गरेर कुनै पनि प्रकारको “बिग ब्रदर” जस्ता शो निर्माण, सहभागीता, निर्माण, सञ्चालन गर्छ भने यसको अधिकारहरु तथा बौद्धक सम्पत्तिको उल्लघंन गरेमा यसको जिम्मेवार उनीहरु हुनेछन् र यसको परिणाम पनि उनीहरु स्वयमले बेहोर्नुपर्ने खालको कडा चेतावनी जारी गरेको छ । 'बिग बोस' सो भारतमा नामकरण गरिएको हो र त्यसको ट्रेडमार्क डिभाइस “आखाँ” एंडेमोल शाइन इन्डियाको ट्रेडमार्क हो ।