असोज ३ गते प्रदर्शनमा आउने, रियल लाईफ जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित चलचित्र ‘घामड शेरे’ को सुटिङ प्याकअप भएको छ । एक महिमा अघि सुरु भएको छायाङ्कन सक्काएर टिम बुधवार राजधानी फर्केको छ । अधिकांश छायांकन सुर्खेतमा भएको चलचित्रमा निश्चल र स्वस्तिमाको जोडी श्रीमान श्रीमतिको भूमिकामा देखिनेछन् । निश्चलले यसै चलचित्रको लागी २५ लाख पारिश्रमिक लिएको र २० लाख त एड्भान्स मै लिएको हल्ला चलचित्र वृत्तमा छ । स्वस्तिमाले पनि चलचित्रमा चर्को पारिश्रमिक बुझेकी बुझिएको छ । रोमान्टिक–कमेडी जनरामा बनेको 'घामड शेरे'मा पहिलो पटक रियल कपललाई ठूलो पर्दामा हेर्न दर्शक निकै आतुर छन् । हेमराज विसीले निर्देशन गरेको चलचित्र उनकै होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा यो फिल्म निर्माण भएको हो ।