चलचित्र ‘चपली हाइट’मा अभिनय गरेपछी एकाएक चर्चामा आएकी नायिका बिनिता बरालले विवाह गरेकी छिन् । केहि समय यता अमेरिकामा अध्यायनको शिलशिलामा रहेकी बिनिताले प्रेमी तिलक पौडेलसँग विवाह गरेकी हुन् । बिनिताले सामाजिक संजालमा तस्वीर शेयर गर्दै विवाह गरेको जानकारी दिएकी छिन् ।

 'चपली हाइट'की नायिका बिनिता बरालको विवाह

उनले पश्चिम भर्जिनियामा रहेको ‘बृन्दावन मन्दिरमा’ विवाह गरेको उल्लेख गरेकी छिन् । अभिनयलाई साइडमा राखेर कृषी पेशामा लागेकी उनि र तिलक केहि समययता प्रेम सम्बन्धमा थिए ।