हरेक नेपालीको सपना 'गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला' जसको निर्माणको लागी आफ्नो गाँस कटाएर देश तथा विदेशमा भएका नेपालीहरुले एकएक रुपैयाँ जम्मा गरिरहेका छन् । सारा नेपालीको प्रतिनिधित्व गर्दै कलाकार समाजसेवी धुर्मुस सुन्तली यसैको लागी जुटिरहेका छन् । खुशी त्यसै आउँदैन र परिवर्तनको बाटोमा हिँड्दा अनेक उल्झनहरु आइपर्छन् भन्ने उक्ती यती बेला सार्थक भएको छ । जनस्तरबाट निर्माण हुन लागेको यसै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागी छुट्ट्याइएको जमिनमा निर्माणस्थलको तारबार, जस्तापाताको बार लगायतका संरचनामा स्थानिय व्यक्तिहरुले डोजर लगाएका छन् । बाटोको माग गर्दै रंगशाला निर्माणका लागि प्राप्त जग्गामा लगाइएको बारमा डोजर चलाइएको हो। फाउण्डेशनका अध्यक्ष कलाकार सीताराम कट्टेल (धुर्मुस)ले राजनीतिक आडमा नियोजित हिसाबमा डोजर लगाइएको आरोप लगाएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले बार भत्काउने व्यक्ति र डोजरलाई निणन्त्रणमा लिएर छानविन भइरहेको जनाएको छ। यसैगरी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशाला निर्माणस्थलको बार भत्काइनु दुःखद घटना भएको बताएकी छिन् । धुर्मुस सुन्तली फाउण्डेनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले निर्माणाधिन रंगशालमा बार भट्ट्काइनु एकदमै दु:खद घटना भएको बताएका छन्। उनि भन्छन् यस्तो कारुणिक दृश्य अहिलेसम्म देखेको थिइँन । स्थानियले निर्माणाधिन रंगशालाको छेउको बाटो बढाउन माग गरेपनि यो ठूलो इस्यु नभएको बताए । उनले डीपीआर बनिसकेपछि महानगरपालिका र स्थानिय राखेर छलफल गर्ने बताएपनि बारमा डोजर चलाएर नेपालीको पसिनामाथि डोजर चलाएको समेत बताए ।