बलिउड अभिनेत्री सन्नी लियोनी नेपाली चलचित्रमा देखिने खबरसँगै उनका नेपाली फ्यानहरु चलचित्र रिलिजको प्रतिक्षामा छन् । सन्निले नेपाली कथानक चलचित्र 'पासवर्ड'को एक गीत म कम्मर मर्काएकी छिन्। नेपालको सर्वाधिक महँगो बजेटमा निर्माण भएको बताइएको चलचित्रले भाद्र २७ गतेलाई रिलिज मिति तय गरेको छ । यसैगरी सन्नी फिचर्ड गीत ‘सन्नी हो नाम मेरो’ जेठ २० गते युट्युबमा रिलिज हुने निर्देशक सम्राट बस्नेतले जानकारी दिएका छन् । उनले यो इन्ट्री गराउन सन्निलाई दुई करोड भारतीय रुपैयाँ दिएको निर्माण टिमले बताएको छ । उक्त गीतमा उनलाई दुई सयभन्दा बढी डान्सरले साथ दिएका छन् । गीतलाई बलिउड कोरियोग्राफर विष्णु देभाले कोरियोग्राफी गरेका हुन् । निर्देशक सम्राटको कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा अनुपबिक्रम शाहि, सन्नी लियोनि, विक्रम जोशी , बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।  इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्रलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् ।