अभिनेता दयाहाङ राईलाई पिताको भूमिकामा देखाइएको चलचित्र 'आप्पा'को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा गाडी दुर्घटनामा परेर ज्यान बच्न सफल चालक (दयाहाङ) र बालक (सिद्दान्त) (जसलाई दयाहाङले छोराको रुपमा पाल्छन्) बिच कथा घुमेको देखाइएको छ । एउटा पिताले सन्तानको खुशीको लागी आफुलाई कसरी बाटोहरु पहिल्याउँछ भन्ने यथार्थलाई चलचित्रमा मार्मिक र प्रेमिल तरिकाले देखाउन खोजिएको छ । असार १३ गते रिलिज हुने 'आप्पा'लाई अनमोल गुरुङले निर्देशन गरेका हुन् यसमा कथा पनि उनकै रहेको छ यो अनमोलको डेब्यु निर्देशकिय चलचित्र हो । दयाहाङ र सिद्धान्तका अलावा अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई रुदेन सादा लेप्चाले निर्माण गरेका हुन् । अधिकांश छायांकन भारतको कालेबुङमा भएको चलचित्र अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको हो यसगरी कार्यकारी निर्माता माबो हाङ हुन् ।