बिधिवत् रुपमा लागु भएको तर व्यवहारिक रुपमा लागू हुन नसकेको बक्स अफिसलाई चाँडोभन्दा चाँडो लागु गर्ने उद्देश्यले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले पद ग्रहण गरेबेला देखी नै पहल गरिरहेका छन् । यतिबेला बक्स अफिसमा देशभरिका सिनेमाघरलाई जोड्न उनी आफैँ दौडाहमा लागी परेका छ्न् । सबै सिनेमा घरमा इ - टिकेटिङ लागू भएपछि बल्ल बक्स अफिसको सफल कार्यान्वयन हुने उनको भनाइ रहेको छ । देशभरका सिनेमा घरहरुले इटिकेटिङ सिस्टम लागू गर्न सरकारले अर्को महिना अर्थात् असार मसान्तसम्मको म्याद दिएको छ। लामी समयको विवाद र उल्झन पछी चलचित्र विकास बोर्ड, चलचित्र संघ, निर्माता संघ लगायत सम्बन्धित सबै निकाय बक्सअफिस लागू गर्ने निस्कर्षमा पुगेको थियो। अब भने कुनै हालतमा बक्स अफिस लागु गर्ने र त्यसको सहायताको लागी चलचित्र विकास बोर्डले मोफसलका हलहरुलाई कम्प्युटर, प्रिन्टर, राउटरलगायत आवश्यक उपकरण अनुदान दिएको छ ।