जेठ ३१ गतेबाट प्रदर्शनको तयारीमा रहेको योगेश घिमिरे निर्देशित सिनेमा ‘प्रेम दिवस’को शिर्ष गीत सार्वजनिक भएको छ । प्रियंका कार्की, आयुष्मान देशराज जोशी स्टारर चलचित्रको गीत विहिबार इन्टरनेटमा रिलिज गरिएको हो । सुरज तामाङ र शैलु आरएल सिंहको स्वर रहेको गीतलाई सन्तोष पोखरेलले रचना गरेका हुन् भने करण राज कार्कीले संगीत भरेका हुन् । भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीलाई फिचर्ड गरिएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रको यस गीत पनि प्रेममा समर्पित छ । चलचित्रमा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने विशाल खरेलले यो चलचित्रबाट डेब्यू गर्दैछन् । यसैगरी चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।