जेठ ३ गतेबाट रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ले एउटै अनुपातमा व्यापार गरिरहेको छ । प्रदर्शनको तेस्रो हप्तामा आइपुग्दा पनि चलचित्रले आक्रामक व्यापारको गतीलाई निरन्तरता दिइरहेको छ । दोश्रो सातामा  चलचित्रले हरेक दिन मल्टिप्लेक्समा उच्च व्यापार गरिरहेको र राम्रो सोज हात पारेको थियो । 'जात्रै जात्रा'ले तेस्रो हप्ताको सुरुको दिन अर्थात आज शुक्रबार मल्टिप्लेक्समा पहिलो साताको तुलनामा शोज बढी पाएको छ । एकसाथ तीन नयाँ चलचित्र प्रदर्शनमा आउँदा आउँदै आज काठमाण्डौको क्यूएफएक्स चेनमा यो चलचित्रले २१ शो पाएको छ, जुन पहिलो दिनको भन्दा बढी हो । तेश्रो हप्तामा पनि आक्रामक व्यापार गर्ने संकेत दिइसकेको छ । प्रदिप भट्टराई निर्देशित यो चलचित्रको बलियो वर्ड अफ माउथ बलियो भएकाले पनि  दर्शकको सात निरन्तर पाइरहेको हो । चलचित्रमा विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा, राजाराम पौडेल, दयाहाङ राई लगायतका कलाकारको मुख्य भूमिका रहेको  छ ।