भर्खरै नयाँ शक्ती पार्टीबाट सन्यास लिएको घोषणा गरेकी अभिनेत्री करिश्मा मानन्धर चर्चामा आइरहने कलाकार मध्य एक हुन् ।आफु राजनितिबाट टाढिए पनि समाज र देशको सेवामा निरन्तर लागिपर्ने अठोट लिएकी उनले अब आफु अन्याय र कुरिती माथी प्रश्न उठाउने बताएकी छिन । केही बर्ष अगाडिसम्म पनि बालाजुमा रहेको एनएफडीसी परिसरमा पुग्दा चलचित्रकर्मीले नै गर्व गर्ने ठाउँ थियो । ठूलो क्षेत्रफलमा फैलिएको स्थानमा इनडोर स्टूडियो थियो । चलचित्र प्रशोधनको ल्याबदेखि पुराना चलचित्रका नेगेटीभ सबै थिए । तर, अहिले सो स्थानको जग्गा खुम्चिएर ६.७५ रोपनीमा आइपुगेको छ । सरकारले काठमाण्डौमा इनडोर स्टूडियो बनाउने योजना अघि सारेको छ तर, यसका लागि बालाजुको जग्गा अहिले पर्याप्त छैन । यसै विषयलाई लिएर करिश्माले सामाजिक संजालामा प्रश्न उठाएकी छिन् । बिगतमा नेपाली चलचित्रले आफ्नो शैशव काल बिताएको ठाउँ जहाँ सुटिङका निमित्त आवस्यक हरेक उपकरण भवन र खुल्ला स्थान थियो तर त्यस सार्वजनिक सम्पतीलाई कानुन विपरित उपभोग गर्दै बेचबिखनसम्म गरेको र यसको लागी आजसम्म कसैले आवाज नउठाए पनि अब आफु बोल्ने आषय व्यक्त गरेकी छिन् ।